दफा ६३१
किस्ता रकम भुक्तानी गरी करार अन्त्य गर्न सक्नेः

(१) करारमा अन्यथा उल्लेख भएकोमा बाहेक हायर पर्चेज करार बहाल रहेको बखत भाडामा लिने व्यक्तिले वस्तुको धनीलाई कम्तीमा पन्ध्र दिन अगावै लिखित सूचना दिई वस्तुको हायर पर्चेज मूल्य वा भुक्तानी गर्न बाँकी रहेको किस्ता रकम भुक्तानी गरी हायर पर्चेज करार अन्त्य गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम करार अन्त्य गर्दा भाडामा लिने व्यक्तिले कुनै किसिमको छुट पाउन सक्ने रहेछ भने त्यस्तो छुट समेत पाउनेछ ।